सन्दीपको मुद्दामा नौ वकिलले गरे बहस, भाेलि पनि जारी रहने
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २३:२८:३
१४ कात्तिक, काठमाडौं । एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबार अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरे लगायतले बहस गरेका छन् ।
मुद्दा काठमाडौं जिल्ला अदालतमा सोमबार भएको थियो । मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकेपछि आजैबाट थुनछेक बहस शुरु भएको हो । आज मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । बहस भोलि निरन्तर चल्नेछ ।
पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिलले बहस गरेका छन्। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ। गत असाेज २० मा पक्राउ परेका उनलाई २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा १२ वर्ष कैदसजाय र उचित क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
अभियुक्त लामिछानेले आफूले नाबालिग भनिएका जाहेरीवाल किशोरीलाइ जबर्जस्ती करिणी नगरेको बयान दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार