कुटपिट घटनाका उजुरी दिन जाँदा प्रहरी कार्यालयको गेटबाटै माेटरसाइकल गायब
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २०:३५:९
१७ कात्तिक, सप्तरी । कुटपिटको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका एक जना पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको छ । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-४ मा बुधबार भएको विवाद र कुटपिटका घाइते उजुरी दिन कार्यालय जाँदा सेतो नम्बर प्लेट को१ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।
बुधवार बिहान ९ बजेतिर बाबुमाथि कुटपिट भएको उजुरी दिन प्रहरी कार्यालयको गेट अगाडि मोटसाइकल राखेर भित्र गएको र उजुरी दिएपश्चात घाउ जाँचको चिठ्ठी लिएर १५ मिनेटपछि फर्किदा मोटरसाइकल चोरी भइसकेको पीडित बरुण यादवले बताए ।
कसरी भयो घटना ?
अग्निसाइर कृष्णा सवरण गाउँपालिका–४ मा बुधबार बिहानै जग्गा विवादको विषयमा कुटपिटमा भएको थियो । घटनामा दुई जना घाइते भएका थिए । दाजुभाईबीचको अंशबण्डामा चित्त नबुझेको भन्दै दाजुका तीन छोराको कुटपिटबाट काका पर्ने स्थानीय ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुटेको छ ।
नदी नियन्त्रण विराटनगरमा इन्जिनियर रहेका मनोज यादव र उनका थप तीन भाईसहित चार जनाले बुबा र कान्छो भाई अरुण यादवलाई ज्यान मार्ने उदेश्यले कुटेको पीडित सूर्य नारायणको जेठो छोरा बरुण यादवले जानकारी दिए ।
ईट्टा प्रहारबाट सूर्यनारायण यादवको टाउको फुटेको छ । उनलाई बचाउन गएका भाईलाई मुक्का प्रहार गर्दा शरीरको विभिन्न भागमा चोटपटक लागेर राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरेको बरुणले बताए ।
घटनापश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठी काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
सडक डिभिजन कार्यालय विराटनगरको मोटरसाइकल सोही कार्यालयका सब(इन्जिनियर यादवले प्रयोग गर्दै आएका थिए । मोटरसाइकल हराएको बारे जानकारी गराउँदा समेत प्रहरीले खोजबिनमा चासो नदेखाएको वरुणले गुनासो पोखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार