दक्षिण कोरियाले नेपाली श्रमिकको कोटा बढायो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २३:२५:८
![](https://nepalbahas.prixacdn.net/media/albums/SK-city_ZS4lpflhFo.jpg)
१७ कात्तिक, काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढाएको छ । उसले ईपीएस सम्झौता पनि अन्य मुलुकसँगै एकैपटक गर्ने भएको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएका छन् । नवीकरण हुने समयबारे पनि यकिन भइनसकेको उनले बताए ।
पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको द्विपक्षीय समझदारी सन् २०२० देखि नवीकरण हुन सकेको छैन । सोही कारण कोरियान भाषा अध्ययन सकेर परीक्षा पास गरेर बसेका थुप्रै नेपाली कामदार राकिएका छन् । इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर बसेका झण्डै १० हजार बढी छन् । अब हुने नवीकरण पाचौं हो।
कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायत विभिन्न १६ मुलुकहरूबाट इपिएस प्रणालीमार्फत् विभिन्न शीर्षकमा कामदार लैजाने गरेको छ।
नेपालसँग भने सन् २००७ मा इपिएस प्रणालीअनुसार श्रमिक लैजाने समझदारी भएको थियो। समझदारीपछि सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाने गरेको छ। समझदारीअनुसार भाषा पास गरेको दुई वर्ष अवधिमा पनि जाने अनुमति प्राप्त नभएमा उनीहरू कोरिया जान पाउँदैनन् ।
यसअघि ६ देखि ८ हजारको संख्यामा नेपाली श्रमिकहरू लैजाँदै आएको कोरियाले कोटा बढाएर हाल १५ हजार पुर्याएको छ । यसमा पनि कोटा थप हुने शाखाको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
माघ १०, २०८१ बिहिबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ
फागुन ५, २०८१ सोमबार