भूतपूर्व गोर्खाहरुको माग सम्बोधनबारे लण्डनमा बैठकले के निर्णय गर्याे ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १७:१३:४०
१८ कात्तिक, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ ।
बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरुको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसन सहभागी रहेका थिए ।
‘बैठकमा नेपाल सरकारको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुका बारेमा आफ्नो धारणा राख्नुभयो,’ बैठकपछि बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा भूपू गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङले आफ्ना मागहरुका विषयमा थप स्पष्ट पारेका थिए । बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएका थिए ।
बैठकमा नेपाल सरकारका तर्फबाट राजदूत आचार्यसहित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार