तीन वटा क्यापिटलको एजीएम हुँदै, लाभांश वितरण मुख्य एजेन्डा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:२२:२८
१८ कात्तिक, काठमाडौं । एनएमबि क्यापिटलको एजीएम शुक्रबार बस्दैछ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
एनआइबीएल एस क्यापिटलको पनि शुक्रबार नै एजीएम बस्दै छ । सभामा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै, सनराइज क्यापिटलको पनि एजीएम बस्दैछ । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार