हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको भीड (तस्बिरहरू)
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:४७:३५
१८ कात्तिक, काठमाडौं । शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य गर्न नहुने मान्यता छ ।
हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।
हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ । तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।
आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार