ब्याजदर वृद्धिबाट आक्रोशित उद्योगी व्यवसायी प्रदर्शनमा उत्रिए, आइतबारदेखि उद्योग व्यवसाय बन्द गर्ने
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २१:५:३१
१८ कात्तिक, काठमाडौं । बैंकहरुले ब्याजदर वृद्धि गरेपछि उद्योग व्यवसायीहरु आक्रोशित बनेका छन् । बैंकमा तालाबन्दीको चेतावनी दिँदै आइरहेका उनीहरुले ब्याच चर्को रुपमा बढाएको भन्दै उनीहरुले आज माइतीधर मण्डलामा प्रदर्शन गरेका छन् ।
ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधार दरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका माग राख्दै उनीहरुको छ ।
ब्याजदर वृद्धिलगायत विभिन्न कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।
‘बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने अवस्था भयो । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि विरोध कार्यक्रम गरेका हौं’ उपाध्यक्ष श्रेष्ठले भने । विरोध कार्यक्रमको निरन्तरताका रुपमा आइतबारदेखि विभिन्न जिल्लामा उद्योग व्यवसाय बन्द गर्ने तयारी रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।
आजको प्रदर्शन सांकेतिक मात्र भएको र सरकारले आफूहरुको आवाज नसुने जस्तोसुकै अन्दोलन गर्ने चेतावनी प्रदर्शनकारीहरुले दिए ।
आजको प्रदर्शनमा उद्योगी व्यवसायीले ‘बैंक हामीलाई प्यारो छ, ब्याजदर वृद्धिले हामीलाई गाह्रो छ’ ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार