जसपा घोणापत्र : सञ्चार प्रणालीको विकास प्राथमिकतामा जोड
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ आइतबार ०:२८:२०
१९ कार्तिक, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मुलुकको संघीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जसपाले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो ।
जसपाले प्रकाशन र छापालाई जनता तथा राष्ट्रप्रति जिम्मेवार बनाउनुका साथै तिनीहरूको स्वतन्त्रताको प्रत्यभूति गर्दै रेडियो, टिभी, एफएम, टेलिफोन, इन्टरनेट, मोबाइलजस्ता विद्युतीय प्रविधिको गुणस्तरमा सुधार गर्न प्राथमिकता दिनुका साथै तिनीहरूलाई देशका सबै भूभाग तथा आम जनताको पहुँचमा पुर्याउने प्रतिबद्धता गरेको छ ।
विमानस्थल, अस्पताल, विद्यालय, प्रशासनिक केन्द्र, सभा, भवन आदि स्थानमा निःशुल्क इन्टरनेट ‘फ्रि वाइफाइ’ सुविधा उपलब्ध गराउने र जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, प्रेस स्वतन्त्रता प्रदान गर्ने र पीत पत्रकारितालाई निरूत्साहित गर्दै मर्यादित र जवाफदेही पत्रकारिताको विकास गर्ने विषय जसपाको प्रतिबद्धतापत्रमा समेटिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने तथा देशमा विद्यमान बहुल संस्कृतिको प्रवद्र्धन गर्न मातृभाषामा प्रचार(प्रसार गर्ने बताए ।
अध्यक्ष यादवले भने, ‘पार्टीले शिक्षालाई व्यावहारिक र व्यवसायिक बनाउन विज्ञान र प्रविधिको प्रयोगलाई विद्यालय शिक्षादेखि नै विशेष जोड दिने र विश्वविद्यालयसम्म विशेष प्राथमिकता दिनुका साथै साना उद्यम, व्यापार, व्यवसाय, कृषिजन्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन साना प्रविधि ९इन्टरमिडियट टेक्नोलोजी०को अन्वेषण, विकास र प्रयोगलाई विशेष जोड दिएको छ।’
मुलुकको सामाजिक, आर्थिक रूपान्तरण र आधुनिकीकरणका लागि विज्ञान–प्रविधिको अधिकतम् उपयोगलाई जोड दिने विषयलाई प्राथमिकतामा राख्नुका साथै कम्प्युटर प्रविधिलाई गाउँ–गाउँमा विस्तारित गर्ने, प्रविधि क्षेत्रका नवीन सुरुआत ९स्टार्ट अप०को प्रवर्द्धन र विकासलाई जसपाले प्राथमिकता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार