रोचक बन्दै काठमाडौं क्षेत्र नं ८ को निर्वाचन, निर्वाचनको मत परिणाम हेर्दा को उम्मेदवार कति बलियो ?
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ आइतबार १:९:५८
१९ कात्तिक, काठमाडौं । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौं क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा ‘एकीकृत समाजवादी’का जीवनराम श्रेष्ठ छन । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा ‘एमाले’ले दुई, राप्रपाले एक र नेकपा ‘एकीकृत समाजवादी’ एकमा विजयी भएका छन् ।
सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौं महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा ‘एकीकृत समाजवादी’ र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
आगामी निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमीउम्मेदवार छन। उनले गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा १३ हजार सात सय ७० मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा छन । उनी बाग्मती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि थिए ।
विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व.नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गरेका थिए । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको हो । गत वैशाखमा भएको स्थानीय तहको निवार्चनको मतको परिणाम केलाउँदा पनि एमालेभन्दा कांग्रेस तीन हजार छ सय ४३ मतले अगाडि छ ।
आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल आठ हजार सात सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले तीन हजार ७४ मत र राप्रपाले एक हजार पाँच सय ३९ मत प्राप्त गरेका थिए । कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि छ । विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ । कुल ५३ हजार एक सय छ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार