विकास र समृद्धिबाहेक कुनै स्वार्थ छैन : बलबहादुर केसी
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १६:५९:४
२० कात्तिक, काठमाडौं । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले सोलुको विकास र समृद्धिको सपनाबाहेक आफूसँग कुनै स्वार्थ नभएको बताएका छन् । जिल्लाको समृद्धिका लागि आफूले काम गर्दै आइरहेको र अबका दिनमा नयाँ र उचाईबाट विकास गर्न आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताए ।
सोलुखुम्बुमा आयोजित वृहत चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०÷४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएबताउँदै आगमी चुनावमा मत दिएर आफूलाई जिताए विकासको ढोका खुल्ने बताए । अबको निर्वाचनमा आफू निर्वाचित हुने र यसपछि सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको बताए । काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरे ।
सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत गराएका उनले आफूलाई केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे । ६ पटक चुनावी प्रतिस्पर्धामा चारपटक निर्वाचित भएको र दुईपटक पराजित भएको स्मरण गराउँदै नेता केसीले आफू निर्वाचित हुँदा सोलुको विकास भएको दाबी गरे ।
पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ’ नेता केसीले भने । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले उनले भने, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भने, म पाँच दलको साझा उम्मेदवार हुँ ।’
२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार