उत्साहित छैनन् तेह्रथुमका मतदाता
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १७:३२:४२
२० कात्तिक, तेह्रथुम । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँगाउँ पुगेका छन् । तेह्रथुम गाउँ गाउँमा उम्मेदवारहरू पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरुले आयोजना गर्ने चुवानी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक छैन ।
जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको उत्साह कम भएको छ । निर्वाचनमा मात्रै गाउँ पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्किर हेर्दैनन्,’ लालीगुराँस नगरपालिकाका पञ्चकुमारी लिम्बूले भनिन् ।
लिम्बू जस्तै म्याङलुङ नगरपालिकाकी मनमाया मचकोटीलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन् । विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको नागरिकहरूको गुनासो छ । गाउँ गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन् । विगतका सरकारले नागरिकहरूको समस्याहरुलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह छैन । दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरु नागरिकहरूले सुनाउने गरेका छन् ।
तेह्रथुममा यसपटक नेकपा एमाले र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । गत निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा दुवै प्रदेशसभा र प्रतिनिधिसभा एमालेले जितेको थियो । एमाले अहिले आफ्नो विरासत जोगाउने होडमा छ भने सत्ता गठबन्धन यसपटक प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छ ।
गठबन्धनले प्रतिनिधिसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङलाई साझा उम्मेदवारको रुपमा सारेको छ । त्यस्तै प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका युवा नेता सन्तोष सुब्बा र प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ ।
नेकपा (एमाले)ले प्रतिनधिनिसभामा डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा ‘क’ मा किशोरचन्द्र दुलाल र प्रदेशसभा (ख’ मा तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । दुई नगरपालिका र ४ गाउँपालिका गरी आठ स्थानीय तह रहेको तेह्रथुममा ७२ हजार ८९५ कुल मतदाता रहेकाजिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार