मनाङकाे मौसम दिन प्रतिदिन चिसिँदै : चुनावी माहोल तातिँदै, उम्मेदवार विकासे एजेन्डा बोकेर घरदैलोमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १८:४:१९
२० कात्तिक, लमजुङ । हिमालपारिको जिल्ला मनाङमा मौसम दिन प्रतिदिन चिसिँदो छ । चिसो बढे पनि चुनावी माहौल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौंमा भोट माग्न ब्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर विकासे एजेन्डा बोकेर घरदैलोमा पुगेका छन् ।
गतवर्ष यतिबेला मनाङीहरू बेंसी झर्न सुरु गरिसक्थे । ढिलोमा मंसिर पहिलो साता झर्ने गरे पनि सुरुवात अहिलेदेखि नै हुन्थ्यो । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङ्डुङ गुरुङले चिसो बढ्दै गए पनि अहिले नै बेंसी झर्ने छुट नरहेको बताए । ‘चिसो बढ्दै आएको छ । काठमाडौं जाउँ भने चुनाव मुखैमा आयो । बेंसी झर्नुपर्ने बेला काठमाडौं–पोखरा बस्दै आएकाहरू पनि चुनावले गाउ आउने भए ,’ उनले भने । गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन् । चुनावपछि मात्रै काठमाडौं जाने सल्लाह भएको उनले बताए ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । ‘मनाङी चुनाव कुरिरहेका छन् । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने भनिरहेका छन्,’ उनले भने । उनका अनुसार उम्मेदवार गाउँ आएका छैनन् । उम्मेदवार आएपछि मात्रै चुनावी माहौल सुरु हुने उनले बताए । मनाङको नार्पाभूमिका बस्ती नार र फू गाउँ समुद्री सतहदेखि ४ हजार मिटर माथि छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार चिसो बढिसकेको छ । गाउले चुनावको पर्खाइमा छन् ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीमा अहिले बेंसी झर्ने सुरसार छैन । गतवर्षभन्दा यस वर्ष चिसो अलि छिटो बढेको आभास भएको उनले बताए । ‘गतवर्ष अलि ढिलो चिसो बढेको हो । मंसिर पहिलो साता मनाङी झरिसक्थे । कात्तिक पहिलो सातादेखि जान सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाने भन्दै छन् ।’
मनाङमा एमालेबाट प्रतिनिधिसभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ उठेका छन् । मनाङ प्रदेशसभा ‘१’ मा एमालेबाट राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ उम्मेदवार छन् ।
नेपालमै सबैभन्दा कम ६ हजार ४९६ मतदाता रहेको मनाङमा सदरमुकामदेखि ३ दिनको पैदल दूरीमा समेत मतदानस्थल छन् । सबैभन्दा कम मतदाता नार्पाभूमि गाउँपालिका–५, फू गाउँको वडा कार्यालय मतदानस्थलमा कुल ७० मतदाता छन् । सबैभन्दा बढी मनाङ ङिस्याङ–५, भ्राका आधारभूत विद्यालय मतदानस्थलमा ५५७ जना मतदाता छन् ।
मनाङमा तीन खाले मतदाता छन् । गाउँमै रहेका रैथाने मतदाता न्यून छन् । अर्काखालका मतदाता गाउँकै भए पनि बसोबास र व्यवसाय गाउँमा छैन । पोखरा, काठमाडौं वा अन्य सहरमा बसोबास गर्ने उनीहरू चुनाव, चाडपर्व वा जन्ममृत्युसहित धार्मिक संस्कारमा सहभागी हुन मात्र गाउँ आउँछन् । यस्ता मतदाताको संख्या मनाङमा ४० प्रतिशतभन्दा बढी छ । गाउँका मतदाताभन्दा सहरका मतदाता महंगा र निर्णायक मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
यस्ता छन् माओवादीले पारित गरेका १६ वटा प्रस्तावहरू (पूर्णपाठ)
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार