मतदातालाई लोभ, लालच, र धम्कीका कारण मतदान गर्नबाट अफ्ट्यारो स्थिति सिर्जना गर्न नदिने : प्रमुख निर्वाचन आयुक्त थपलिया
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १८:१९:२९
२० कात्तिक, सुरुङ्गा ‘झापा’ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर र ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् ।
कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले जानकारी दिए ।
झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनैपनि मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुनबमोजिम कारबाही गरिने तर सोही कारण पुनः मतदान हुन नदिनेमा आयोग रहको छ भने ।
कुनै पनि एक मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अफ्ट्यारो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको र सोही सन्दर्भमा झापामासमेत सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रक्रियामा आयोग रहेकाले सामाजिक सञ्जालमार्फत प्रशारण हुनसक्ने मित्थ्या सूचना, दुस्प्रचार र घृणाष्पद अभिव्यक्ति रोक्नसमेत आयोग लागि परेको छ भन्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजको सहभागतिा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार