सिरहामा एमालेका सय भन्दाबढी नेता कार्याकर्ता माओवादी केन्द्र प्रवेश
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १९:३:१
२० कात्तिक, सिरहा । सिरहामा चुनावको मुखमै एमाले परित्या गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेको छ । गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा ‘माओवादी केन्द्र’प्रवेश गरेका छन् ।
गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
गोलबजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार-६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
नवआगन्तुकहरुलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गरे । उनले आफू पदमा रहँदा वा नहुँदा पनि सधैँ जनताको सेवामा रहेको बताए। उनले भने, ‘मैले राजनीतिक जीवन सुरू गरेदेखि नै जनताको काममा रिन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो ।’
सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको नेता साहले बताए । उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार