मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउदै स्वयंसेविका
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १९:१९:३१
♦ तारानाथ आचार्य
२० कात्तिक, बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिइन । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्ने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेकी छिन ।
जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे । सुत्केरी आमा, नवजात शिशु, बृद्धबृद्धाको हेरचाह र बयस्कलाई विभिन्न रोगबाट जोगिनका लागि सिकाउँदै हिँड्ने थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुगेकी हुन् । उनी जस्तै जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकाको दिनचर्या शुक्रबारदेखि भने मतपत्र, स्वस्तिक छाप, निर्वाचनका आयोगका प्रचार सामग्रीसँग गाँसिएको छ । स्वयंसेविकाहरु घर–घरमा पुग्छन्, भेटेकालाई बदर नहुनेगरी मतदान गर्न सिकाउँछन् । मताधिकारको विषयमा सचेत गराउँछन् र आफ्नो बाटो लाग्छन् ।
‘‘पहिलोपटक मतदाता शिक्षामा सहभागी भएँ, मलाई त रमाइलो लाग्यो, सबैलाई भेट्न पनि पाइने, उनीहरुले भनेको सुन्न पनि पाइने’’ स्वयंसेविका थापाले भनिन ‘‘मेरो त सिक्ने, सिकाउने र गाउँठाउँको वातावरण बुझ्ने सबै काम भइरहेको छ।’’ मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो पालिकाका सबै वडामा कार्यरत स्वास्थ्य स्वंयमसेवीकालाई छनोट गरी मतदाता शिक्षाका लागि जनशक्ति तयार गरेका थिए ।
जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए । मतदाता शिक्षाका लागि छनोट भएका स्वयंसेविकालाई मतदाता शिक्षाका लागि तालिम प्रदान गरिएको र सिकाइ सामग्री सम्बन्धित वडासम्म पु¥याइएको उनको भनाइ थियो । उक्त कार्यालयले स्थानीय तहका सम्पर्क व्यक्तिमार्फत स्वयंसेवीकालाई मतदाता शिक्षासम्बन्धी तालिमका लागि सहजीकरण गरेका थिए ।
मतदाताको मतदान प्रक्रियामा सहभागिता बढाउने तथा मत बदर हुन नदिने उद्देश्यले निर्वाचन हुनअघि आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ । जनप्रतिनिधि छनोटको विषय देश र नागरिकको भविष्यसँग जोडिएकाले सदर मत बढाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
यस कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशिकाअनुसार जिल्लास्तरीय, पालिकास्तरीय र वडास्तरीय समिति गठन गरिएको छ । निर्वाचन कार्यालयका प्रमुख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको र सो समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य, सदरमुकामस्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि तथा जिल्ला निर्वाचन अधिकारी सदस्य–सचिव रहने व्यवस्था छ ।
कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च तथा आवश्यक साधन, स्रोत र जनशक्तिको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिकाअनुसार स्थानीय तहका वडामा १५ दिनसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि समन्वय गर्न मतदाता शिक्षा समन्वय समिति ‘स्थानीय तह स्तर’ र मतदाता शिक्षा सञ्चालन समिति ‘वडास्तर’ को व्यवस्था गरिएको छ । स्वयंसेवीकालाई आवश्यक तालिम र सामग्री उपलब्ध गराई कार्यक्षेत्रमा पठाइएको निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क व्यक्ति पुरुषोत्तम गौतमले जानकारी दिए ।
स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकमा चार सदस्यीय र वडा तहमा वडासचिवको संयोजकत्वमा तीन सदस्य समन्वय समिति गठन गरिएको छ । समितिले निर्वाचन शिक्षाका लागि आवश्यक समन्वय तथा अनुगमनको काम गर्नेछ । स्वयंसेवीकाले मतदान गर्ने, मतपत्र मतपेटीकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन् ।
यस्तै जिल्लाका दशवटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति पनि तोकेका छन् । काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डरीराज पौडेललाई सम्पर्क व्यक्तिको रुपमा खटाएको हो ।
बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जीतबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्रनारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथ्वीबहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार