मेयर सिंहको निर्देशनमा माइराम पोखरीको जग्गामा बनेका संरचना हटाउन सुरु
आबिद हुसेन
कात्तिक २०, २०७९ आइतबार २२:५३:१९
२० कात्तिक, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउने भएको छ ।
महानगरले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरुलाई पत्र नै काटेर माग गरेको थियो । तर दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ ।
टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको छ ।
महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरुलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले आइतबार घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट भने संरचना भत्काउन सुरु गर्ने महानगरका मेयर राजेशमान सिंहले बताए ।
‘पहिला पत्र पठायौँ, त्यसलाई अटेर गरेकाले आज स्थलगत रुपमै गएर टोलीले सम्झाउने काम गरेको छ,’ मेयर सिंहले भने, ‘अतिक्रमण गरेर बनेका संरचना अब भोलीबाट भने त्यहाँ महानगर आफैँले हटाउँछ ।’
महानगरपालिकाका मेयर सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै अब पोखरीको सबै जग्गा फिर्ता ल्याउन पहल थालिएको बताए । पहिलो चरणमा माइरामबाट सुरु गरिएको र यसपछि नगर भरि नै अतिक्रमित भूमि फिर्ता ल्याउने अभियान सुरु हुने पनि उनले बताए ।
महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।
पूर्व मेयर विजय सरावगीले स्थानीय व्यवसायीसँगको मिलेमतोमा १५ कट्ठामा मात्रै चिल्ड्रेन पार्क बनाएर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको यहाँका स्थानीयले आरोप लगाउने गरेका छन् ।
मेयरमा निर्वाचित भएसँगै सिंहले पोखरीको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप अहिले धमाधम पोखरीले चर्चेको जग्गाको नक्सा निकालेर त्यसमा अतिक्रमण गरेका संरचनाको निस्सा माग्ने काम भएको हो । अब निस्सा नबुझाउनेका सबै संरचना सोमबारबाट हटाउन सुरु गरिने मेयर सिंहले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार