विशेष अदालतले सफाइ दिएको १२४ मुद्दा पुनरावेदनका लागि सर्वोच्च पुग्यो अख्तियार
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २१:०:४५
२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
टंगालस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको जनाएको हो ।
विशेष अदालतबाट भएका सफाइ दिने फैसलाप्रति चित्त नबुझेपछि आयोग पुनरावेदनका लागि सर्वोच्च अदालत गएको हो । पुनरावेदन गरिएको १२४ मुद्दामा २५१ प्रतिवादीविरुद्ध ४२ करोड १६ लाख २६ हजार ४६२ बिगो दाबी गरिएको छ ।
राजश्व चुहावट, घुस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वोच्च अदालत गएको हो ।
न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किने क्रम बढेको आयोगको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार