बागीका नाममा ७४ माथि कारवाही, आधिकारिक उम्मेदवारलाई सकस
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १७:२६:५१
२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता लिएर क्रियाशीलदेखि केन्द्रीय सदस्यसम्मका ७४ जनालाई अनुशासनको कारवाही चलाएर पार्टीबाट निष्कासन गरेपछि उसभित्रको कलह सहतमा आएको छ । पार्टीले कारवाही गरेका प्राय सबै कही न कही प्रभाव बनाउन सक्ने हैसियतकै नेताहरु रहेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका एक सदस्यको भनाइमा जीवनको लामो समय कांग्रेसमा लगानी गरेका र कांग्रेसकोसमेत लगानीमा जिम्मेवार पदमा पुगेकाहरुमाथि कारवाही गर्नु रहरको विषय थिएन् । पार्टी पद्धती र अनुशासन कायम राख्न पनि उनीहरुमाथि कारवाही गर्नुको विकल्प रहेन ।
नेपाली कांग्रेसभित्र २०७४ को आम निर्वाचनमा पनि यस्ता असन्तुष्टिहरु बग्रेल्ती थिए । कति पय ठूलै नेताहरुको नामसमेत मुछिएको थियो । जसको जवाफ दिन र कारवाही नै गर्नुपर्ने अवस्थालाई छल्न पार्टी सभापति शेरबहादुर देउवाले आनाकानी गर्दै निर्वाचनमा भएका कमिकमजोरीको समीक्षा गर्न समेत नामानेपछि विशेष महासमिति सदस्यहरुको बैठकसमेत बोलाउनु परेको थियो ।
कांग्रेसको केन्द्रीय अनुशासनसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) बमोजिम बाध्यात्मक अवस्था आएपछि कारवाही गरिएको हो । कारवाही नगर्दा विधान उल्लंघन हुने र पार्टीमा अनुशासन कायम गर्नेबारे प्रश्न उठ्नसक्ने उनले बताए । कांग्रेसको विधानतः बागी उम्मेदवार दिनु पार्टीको हित विपरित हुन्छ ।
यसैले बागी र उनका प्रस्तावक एवं समर्थकलाई पाँच वर्षका लागि पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको र पार्टीको निर्णय विपरित गएकाले कारवाही गर्नुपरेको संयोजक ढुंगानाको भनाइ छ । अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टीबाट निष्कासन गर्नुपूर्व उम्मेदवार निष्कृय बनाउन आग्रह गरेको थियो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बागीलाई उम्मेदवारी निष्कृय बनाउन तीन पटक पत्रकार सम्मेलन डाकेरै आग्रह गरेका थिए । निष्कासनमा परेका धेरै जसो डा. शेखर कोइराला पक्षका छन् । समितिमा संयोजकसहित देउवा पक्षका सदस्यको बहुमत छ । तर, यो निर्णय बहुमतका आधारमा भएको भने होइन् ।
पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको संयोजक ढुंगानाले नेपालबहसलाई जानकारी दिए । उनले कारवाहीबाट कांग्रेस र गठबन्धनका केही उम्मेदवारहरुलाई असर पर्न सक्ने पनि बताए । अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइने तयारी भइरहेको उनले बताए ।
मंगलबार निष्कासन गरिएकाहरुमध्ये चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइराला केन्द्रीय सदस्य हुन् । उनको जितवन र केन्द्रमै पनि कांग्रेसभित्र राम्रो पहुच छ । उनले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । पहिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवार दिने भनेपनि पछि उनी गोरखा गएपछि त्यहाँ अर्को उम्मेदवार छ ।
पार्टीबाट टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दिएका पूर्वसांसद अमरेशकुमार सिंह पनि कांग्रेसका प्रभावशाली नेता हुन् । उनले उनको निर्वाचन क्षेत्रमा मात्र हैन, तराइका केही निर्वाचन क्षेत्रलाई नै प्रभावित बनाउन सक्छन् । यस्तै कास्कीका महादेव गुरुङ पनि नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेता हुन् । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई गरिएको कारवाहीबाट सत्ता गठबन्धनका उम्मेदवारलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।
यस्तै महाधिवेशन प्रतिनिधि रहेकी मीनाकुमारी गुरुङ्ग ताप्लेजुङकी नेपाल महिला संघ जिल्ला अध्यक्षसमेत हुन् । उनीमाथि भएको कारवाहीले जिल्लामा गठबन्धनका उम्मेदवारलाई निकै प्रभावित बनाउने बताइएको छ । पाँचथरका पूर्व गाउपालिका अध्यक्ष सन्तमान केरुङ्ग, नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला अध्यक्ष वालानन्द दाहाल, झापाका सुरेशकुमार पोखरेलमाथि पनि कारवाही गरिएको छ । यीनीहरुले पनि ति क्षेत्रका उम्मेदवारहरुलाई प्रभावित बनाउन सम्भाावना उत्तिकै छ ।
यस्तै मोरङका फणिन्द्र थापा, जयराज संयोग लिम्वु, नन्दु सरदार, गोपाल रेग्मी,जनाद्र्धन निरौला क्षेत्रिय र महाधिवेशन प्रतिनिधिहरु हुन् । सुनसरीका रोहित सुव्वा र प्रेम भट्टराई महाधिवेशन प्रतिनिधि हुन भने दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति र प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य हुन् । यस क्षेत्रमा पार्टीभित्र उनीहरुको प्रभाव राम्रै रहेको बताइन्छ । उनीहरुमाथिको कारवाहीको सबैभन्दा असर कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीमाथि पर्ने देखिएको छ ।
यस्तै खोटाङका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति धर्मराज पोखरेल,सप्तरीका महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य हेमराज तातेड,रामलगन साह, धनुषाका विजेता झा, धनुषकै क्षेत्रीय सभापति हरिशंकर साह, सन्तोष यादव, बाराका महाधिवेशन प्रतिनिधिहरु रोशन यादव, अरुण ज्ञवाली, प्रभु पटेल र पर्साका पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदी, क्षेत्रीय प्रतिनिधि चन्द्रकिशोर चौधरी र पर्साकै क्रियाशील सदस्य सुधिर पटेल पनि कारवाहीमा परेका छन् ।
काठमाडौंसहित उपत्यकामा क्रियाशीलदेखि महाधिवेशन प्रतिनिधिसम्मका ८ जनालाई कारवाही गरिएको छ । यसपछि अछाम,कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी कांग्रेस नेता कार्यकता कारवाहीमा परेका छन् । यसरी देशभरी कारवाहीमा परेकाहरुले नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारलाई हराउन प्रयास गर्ने निश्चित छ । उनीहरु यसअघि लुकेर उम्मेदवारको विरुद्धमा लागेका थिए भने अब खुलेर हराउने अभियानमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार