दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १७:५०:२३
२३ कात्तिक, लमजुङ । यहाँको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ । यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन् ।
दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ ।
यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले असोज १४ देखि व्यावसायिक उत्पादन थालेको छ । १२ मेगावाटको दोर्दी १ आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ व्यावसायिक उत्पादनको तयारीमा छ । परीक्षण उत्पादन गरिरहेको उक्त आयोजनाले तिहारपछि व्यावसायिक उत्पादन थाल्नेछ ।
चेपेखोलामा निर्माण गरेर दोर्दी करिडोरमा जडित ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन थालिसकेको छ । दोर्दीको शाखा छ्याङ्दीखोलाबाट गत वर्ष ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ । यसअघि दुई मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले पनि बिजुली उत्पादन गरिरहेको छ ।
दोर्दी करिडोर प्रसारण लाइनले बोकेको ७८ दशमलव ८३ क्षमता बिजुली उत्पादनका लागि १४ अर्ब १८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । दोर्दीखोला जलविद्युत् आयोजना (२७ मेगावाट) ४ अर्ब ८३ करोड, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना (२५ मेगावाट) ४ अर्ब ६४ करोड ६१ लाख, दोर्दी १ जलविद्युत् आयोजना (१२ मेगावाट) २ अर्ब, चेपेखोला साना जलविद्युत् आयोजना ९८.८३ मेगावाट) १ अर्ब ५० करोड, माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना (४ मेगावाट) ८० करोड ३५ लाख र छन्दीखोला साना जलविद्युत् आयोजना ९२ मेगावाट० ४१ करोड खर्च भइसकेको छ ।
दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ ८० प्रतिशत बढी निर्माण सकिएको छ । अर्को वर्ष उक्त आयोजनाले बिजुली उत्पादन गर्ने आयोजना निर्देशक अर्जुन गौतमले बताए । यसको लागत ८ अर्ब ८० करोड छ । योसमेत निर्माण हुँदा १३२ दशमलव ८३ मेगावाट बिजुली दोर्दी करिडोरमा उत्पादन हुनेछ । सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को समेत लगानी गरी दोर्दी करिडोरमा २२ अर्ब ९८ करोड ९६ लाख खर्च हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार