भूकम्पबाट गम्भीर घाइते दुई जनालाई सेनाको हेलिकोप्टरबाट धनगढी लगियो
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १८:४९:५८
२३ कात्तिक, डोटी । बुधबार बिहान गएको भूकम्पमा परि घाइते दुई जनालाई धनगढी पठाइएको छ ।
गम्भीर घाइते पूर्वीचौकी गाउँपालिका-३ की ४० वर्षीया रचना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई थप उपचारका लागि जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।
चारवटा करङ्ग भाँचिएका रचनाको छातीमा हावा जमेको र घाँटीको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । यस्तै बिष्नाको हात भाँचिएको छ । खुट्टामा गहिरो चोट लागेको छ ।
अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार