डाेटी भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन माधव नेपालको आग्रह
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २०:१३:३७
२२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले डोटीमा भूकम्पका प्रभावितलाई तत्काल उद्धार र राहत उप्लध् गराउन सरकारसँग माग गरेका छन् ।
भूकम्पमा परेर ६ जनाको मृत्यु भएको खबरले आफू र सिंगो पार्टी स्तब्ध भएको बताउँदै अध्यक्ष नेपालले उक्त घटनामा परेर मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।बुधबार जारी विज्ञप्तिमा उनले शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भूकम्पबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्दै घाइतेको उपचारमा कुनै कमी आउन नदिने सरकारको ध्यानाकर्षण गराएक छन् । साथै पीडितहरुको उद्धार र राहत व्यवस्थापनमा सहयोग गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।
मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको दिपायल केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युड र २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युड भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा स्थानीयले गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार