देशको अर्थतन्त्र संकटमा परेको उम्मेदवार पौडेलको दाबी
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २०:५१:४२
२३ कात्तिक, बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक संकटमा परेको बताएका छन् । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् । उनले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गरे ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरू नकारात्मक देखिएकाे बताउँदै उनले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे । पछिल्लो तथ्यांकअनुसार मुलुकको मुद्रस्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो ।
चरम मूल्यवृद्धि बेरोजगारीका कारण युवाहरू विदेश पलायन हुने दर अस्वाभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए । एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको दाबी गरे ।
पौडेलले बुटवल-गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडक ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताए । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने आश्वासन उनले दिए ।
सडक निर्माणका लागि विश्व बैंकसँग नेगोसेसन गरी डिपीआर निर्माणलगायतका काम अघि बढेको बताउँदै उनले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गरे । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तुलगायतका सहरहरूलाई थप व्यवस्थित र विकसित गराउने दाबी गरे ।
मुलुककै लामो ५७ किलोमिटर लामो सैनामैना चक्रपथको ४० किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार