कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमा तिनै थरिको इतिहास
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २१:२१:५१
२३ कात्तिक, पोखरा । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा यतिबेला कसले कसलाई पछार्ने भन्ने होडबाजी चलिरहेको छ । तीनै क्षेत्रमा स्वतन्त्रसति अन्य दलका उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा भने दुई गठबन्धनका उम्मेदवारबीचमै हुने देखिएको छ ।
२०४६ सालको परिवर्तनपछि भएका आम चुनावमा कास्कीमा एकै उम्मेदवारले तीन पटक चुनाव जितेको एउटामात्रै उदाहरण छ । उनी हुन् स्वर्गीय रवीन्द्र अधिकारी । उनी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता हुन् । तुलबहादुर गुरुङले लगातार दोस्रोपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मदवारले लगातार चुनाव जितेको रेकर्ड छैन ।
यसपटक केही क्षेत्रमा उम्देदवार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मदवारबीच प्रतिस्पर्धा छ । उम्मदवार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै महत्वका साथ हेरिएको छ । साँच्चै कास्कीमा ब्रेक थु्र हुन्छ कि पुरानै निरन्तरताले स्थान पाउँछ ।
कास्की १ः २०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी २०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने । २०६४ मा माओवादीका देव गुरुङ विजयी भए भने २०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा २०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।
प्रदेशसभा (क) मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । २०७४ मा (क) मा माओवादीका दीपक र (ख) मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।
कास्की २ः कास्की २ मा २०४८ र २०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भए । दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । २०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । २०६४ मा माओवादीका राजकाजी गुरुङ र २०७० मा कांग्रेसकी शारदा पौडेल तथा २०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भए ।
रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ (क) मा एमालेका कृष्ण थापा र (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा (ख) मा कांग्रेसका थापा र एमालेकी मिना गुरुङबीच प्रतिस्पर्धा हुने छ ।
कास्की ३ः कास्की ३ मा २०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा २०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । २०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । २०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने २०७० मा उनैले दोहोर्याए ।
२०६४ र २०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको ४ अर्थात् हालको ३ नम्बर क्षेत्र रहेको निर्वाचन क्षेत्रमा २०६४ मा माओवादीकी दुर्गा विक र २०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रदेशसभा (क) मा माओवादीका रामजी बराल र (ख) मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी उम्मेदवार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् ।
क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा (क) मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा (ख) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार