२० लाखमा ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २२:३६:२३
२३ कात्तिक, काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बिक्री गरेका हुन् ।
पूजा तामाङले विदेश राइट्सका लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा फिल्म प्रदर्शनको हक पूजाको हातमा हुनेछ । नेपालबाहेकका अन्य देशमा फिल्म प्रदर्शन गर्न चाहनेले पूजासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको फिल्मको नेपाल प्रदर्शन मिति केही दिनमा तय हुनेछ । केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण प्रचारमा जुट्नेछ ।
रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । एलिनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन ।
विनोद सापकोटाको छायांकन रहेको फिल्ममा टंक बुढाथोकी/उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।
काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन् ।
एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । फिल्मको निर्मातामा मिथुन भोटे रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक
माघ ११, २०८१ शुक्रबार
शाहीको चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स सार्वजनिक
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार