भट्टराईको उम्मेदवारी निस्क्रियपछि कांग्रेसका अर्यालको जीत निश्चित
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २३:४४:७
२३ कार्तिक, स्याङ्जा । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं स्याङ्जाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को ‘क’ का प्रदेशसभा उम्मेदवार रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निस्क्रिय बनाउँदै नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याललाई सर्मथन गरेका छन् ।
नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको राय र सुझाव एवं पार्टीका केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको उम्मेदवार भट्टराईले एक विज्ञप्तीमार्फत घोषणा गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका भट्टराईले २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ५ दलीय बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न उम्मेदवारी निस्क्रिय बनाएको बताएका छन् ।
५ दलीय गठबन्धनको सीट बाँडफाँडको साझा सहमति र पार्टीको निर्णय बमोजिम स्याङ्जा क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा समाजवादीको भागमा परेको थियो । यद्दपि एकीकृत समाजवादी स्याङ्जाले सो क्षेत्रमा माग दावी गरेको थिएन । ५ दलीय गठबन्धनको साझा सहमति र निर्णय विपरित गठबन्धनको एक दल नेपाली काँग्रेसबाट उम्मेदवारी परेपछि दलका केन्द्रीय नेतृत्वको आन्तरिक छलफलबाट आएको निर्देशन अनुसार भट्टराईले उम्मेदवारी निस्क्रिय बनाएका हुन् ।
प्रदेशसभा सदस्यका लागि उक्त क्षेत्रमा ५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसबाट जुझारु नेता, सादगी नेता एवं निष्ठावान नेता जस्ता दर्जनौं पगरी पाएका भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेशनका राजु गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र स्वतन्त्रका धनबहादुर गुरुङको उम्मेदवारी रहेको छ ।
भट्टराईको उम्मेदवारी निस्क्रिय भएसँगै कांग्रेसका अर्याललाई थप बल पुगेको छ । भट्टराईको उम्मेदवारी निस्क्रिय भएसँगै कांग्रेसका अर्याल लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारले चुनाव जित्ने पक्का भएको स्थानीय जनताहरु बताउँछन् । भट्टराईको उम्मेदवारी निस्कृय भएसँगै गठबन्धन अन्तर्गत कांग्रेसका उम्मेदवार अर्याललाई सहज हुने भएको छ ।
यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीको राम्रो उपस्थिति रहेको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भट्टराई जिल्लामा कार्यकर्ताको राम्रो पकड बनाउन सफल नेताका रुपमा मानिन्छन् । स्थानीय स्तरसम्म पुगी भट्टराईको सक्रियतामा गरिएको समाजवादीको संगठन बिस्तारका कारण गठबन्धनका उम्मेदवार अर्यालको जितको लागि निक्कै सहज हुने बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार