सप्तरी २ काे निर्वाचन : उपेन्द्र यादवलाई विजयीको माला पहिराउन कति सहज ?
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ मंगलबार २:३:४
२८ कात्तिक, सप्तरी । आसन्न निर्वाचन मिति नजिकिएसँगै सप्तरी–२ मा चुनावी माहोल दिनप्रतिदिन चासोका साथ बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो सप्तरी– २ मा देखिएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा तीनै नेताहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा घोषणापत्र बोकेर पुग्ने गरेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने स्थानीयहरू बताउँछन् ।
सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र रहेकोमा ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेससमेतको साथ पाएर उपेन्द्र यादवले चुनाव जितेका थिए ।
यसपटक उपेन्द्रले एमालेसँग गठबन्धन गरि चुनावी मैदानमा आएका हुन् । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ ।
यादव र राउत दुबै महादेवा गाउँपालिका–२ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा।राउतको पनि अहिले बलियो प्रतिस्पर्धा देखिन्छ । गत स्थानीय तहको मतपरिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर उपेन्द्र र डा।राउत भन्दा बलियो देखिएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।
स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा। राउतको व्यक्तिगत छवि र बढ्दो क्रेजले जित्न सक्ने सम्भावना बढी रहेको केही मतदाताको बुझाइ छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरले चुनाव जित्ने सम्भावना प्रवल रहेको गठबन्धनको दावी छ ।
यस क्षेत्रमा राजविराज नगरपालिकाका, महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १÷१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् । संसदीय चुनावमा जित दोहो¥याउने दबावमा रहेका उपेन्द्र आफूले गरेको विकास निर्माण कार्यलाई प्रमुख एजेन्डा बनाएका छन् ।
जसपाको समेत अध्यक्ष रहेको यादवले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएका छन् । पाँच वर्षमा विकास निर्माणका धेरै आधारहरु सुरू गरिसकेको जनताले पुनः आफुलाई नै मत दिने दाबी गर्छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी छन् । जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको ठाकुरको बुझाइ छ ।
उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कुटनीतिक पहल गरि जिल्लासम्म जोड्ने महत्वकांक्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानीय मुद्दा पनि समेट्दै मतदातासामू ३० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् । घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान व्यवहार गर्ने मतदातासमक्ष प्रतिबद्धता गर्ने गरेका छन् ।
पहिलोपटक निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष डा। राउतले ठाकुर र यादवको मत काटेर आफूले चुनाव जित्ने बताए । नेताको आश्वासनबाट दिक्क भएका जनताले आफुलाई अवसर दिने र जित्नेमा उनी ढुक्क छन् ।
आगामी ४ मंसिरमा देशरभा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार