प्रहरी हवल्दारसहित ३ जनालाई भ्रष्टाचार मुद्दामा सफाई
नेपालबहस संवाददाता
कात्तिक २५, २०७९ शुक्रबार १९:११:३
२५ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित ३ जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् ।
हिरासतमा रहेको व्यक्तिसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुन्धान आयोगले चलाएको मुद्दामा उनीहरुले विशेष अदालतबाट सफाई पाएका हुन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बालचन्द्र वास्तोला र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई सफाई दिने फैसला गरेको हो ।
आयोगले प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध २०७८ असार ३१ ग्ते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । मुद्दामा हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोप दियो । प्रहरी हवल्दार श्रेष्ठ, उनको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले उनीहरुले घुस लिएको कुरा पुष्टि हुन नसकेको भन्दै सफाई दिने फैसला गरेकाे हाे । मुद्दामा जोशी र खड्कासँग ३०÷३० हजार बिगो माग गरिएको थियो । श्रेष्ठमाथि ६० हजार बिगो मागदाबीसहित कैदसजायको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार