तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालन
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार २१:२३:४०
२६ कात्तिक, काठमाडौं । नेपाली सेनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।
निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ । आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ ।
यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ । सेनाले हाल एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार