गठबन्धनको पक्षमा लहर पछिल्लो समय झनै ब्यापक बन्दै : नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २०:३२:६
२७ कात्तिक, बिदुर । नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने कुमरीको झ्याङ्ली पोखरीमा शनिवार कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको भब्य चुनावी सभा सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्वर १, २ र ३ लाई केन्द्रीत गरेर आयोजित आमसभामा देखिएको नागरिक उपस्थितीबाट अव नुवाकोटमा गठबन्धनको जित सुनिश्चित भईसकेको दाबी गरेका छन् ।
सभामा नेपाली कांग्रेसका नेता एवंं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसीले देशब्यापीरुपमा देखिएको गठबन्धनको पक्षमा लहर पछिल्लो समय झनै ब्यापक बन्दै गएको र कुमरीमा देखिएको जनसहभागिताले निर्वाचन प्राबिधिक बन्दै गएको बताए । आफू निरन्तर नागरिकको पक्षमा क्रियाशिल रहेकाले यहाँका नागरिकको सदैब स्नेह प्राप्त गर्दै आएको र जीवनका हरेक कालखण्डमा नागरिकको सेवाबाट बिचलित नहुने समेत नेता केसीको भनाई थियो ।
कार्यक्रममा संबिधानसभा सदस्य एवं माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार बिमला सुबेदी नेपालको लोकतान्त्रिक आन्दोलनको ईतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कुमरी क्षेत्रका जनताले प्रतिगमनलाई परास्त गर्ने यो महाअभियानमा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘ख’का उम्मेदवार बहादुरसिंह लामाले नुवाकोट २ का प्रतिनिधिसभा उम्मेदवार केसीको बिजयलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै यस क्षेत्रका दुबै प्रदेशमा गठबन्धनका उम्मेदवार भारी मतले बिजय हुने दावी समेत गरे ।
यसैगरी कार्यक्रममा संबिधानसभा सदस्य एवं कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, माओवादी नेता हिरानाथ खतिवडा, नुवाकोट कांग्रेसका उपसभापति राजु थापा, काँग्रेसकी समानुपातिक उम्मेदवार सीता मिजार, काँग्रेस नेतृ गीता अमात्य, माओवादी नेता राजकुमार रेग्मी, कांग्रेस बेलकोटगढीका अध्यक्ष लेखनाथ मुडवरी, माओवादी बेलकोटगढीका अध्यक्ष शिव पौडेल, स्थानीय काँग्रेस नेता नवराज ढुँगाना लगायतले लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएको लहर र निर्वाचनका लागि अपनाउनुपर्ने रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार