चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लाग्दा मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २१:६:१०
२७ कात्तिक, तनहुँ । जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।
नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए । उनले भने, “करिब रु ६० हजार मूल्य पर्ने भैँसी करेन्ट लागेर गुमाउनु परेको छ ।”
घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए । स्थानीयवासी, उपभोक्ताले पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गर्दै आएका कारण उक्त दुर्घटना हुन गएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार