इङ्ल्याण्डले जित्यो टी-२० विश्वकपकाे उपाधि
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २३:१८:५
२२ कात्तिक, काठमाडौं । आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। आइतबार अष्ट्रेलियामा भएको फाइनल खेलमा पाकिस्तानलाई उसले उपाधि हात पारेको हो । पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स अर्थात ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे। जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन जोडे । १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए। फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए। यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।
उसका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे। शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए।
मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए। इंग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिएर २ विकेट लिए। बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार