एमाले नेता काफ्लेमाथि सांघातिक आक्रमण
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १७:४:३०
२८ कात्तिक, गोरखा । नेकपा एमालेका नेता हरि काफ्लेमाथि चुनाव प्रचारका क्रममा गोरखाको च्याङ्लीस्थित एक हाेटलमा सांघातिक आक्रमण भएको छ ।
पालुङटार नगरपालिका-२ मा रहेको म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
खाना खाने क्रममा दुई समूहबीच झगडा हुँदा काफ्ले घाइते भएका छन् । काफ्लेको टाउकोमा चोट लागेको छ। उनलाई डुम्रेस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको पाइएकाे प्रहरीले जनाएकाे छ । काफ्लेमाथि आक्रमण गर्ने तनहुँका दुई युवालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राम सापकोटा र अजित क्षेत्री रहेका छन्ला ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते काफ्ले एमालेबाट गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा हाेटलमा पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार