चुनाव प्रचारमा उत्रिए चर्चित कलाकार
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १७:१६:५०
२८ कात्तिक, चितवन । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा चर्चित कलाकारहरु खटिएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल साँस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ ।
टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सहमहामन्त्री चेतबहादुर सिंह ‘राजा’, चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल रहेका छन् ।
चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचारप्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भई अहिले पूर्वतर्फ लागेको छ ।
पूर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापाले बताए । चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुति देखाएको थियो । गठबन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुति गरेका थिए ।
गठबन्धनको आवश्यकताका विषयमा गीत, नृत्य, प्रशासन, कला र प्रस्तुतिबाट आमनागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए ।
संविधानको रक्षा र देशको विकासका लागि अहिले गठबन्धनको अति आवश्यक रहेको बताउदै उनले हरेक क्षेत्रको विकासका लागि अहिले गठबन्धन विना सम्भव नभएकोले गठबन्धनका उम्मेदवारलाई विजय गराउन देशव्यापी अभियानमा लागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार