राजनीतिक दल स्वार्थमा डुबेपछि स्वतन्त्र उम्मेदवारी : खान
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १७:४३:३९
२८ कात्तिक, भैरहवा । रुपन्देही १ को (ख) का उम्मेदवार असलम खानले राजनीतिक दलबाट चाहना र आकांक्षा बमोजिम विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको विचार राखेका छन् ।
राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा डुबेर देश विकास र जनतालाई अलपत्र छाडेपछि आफूले दलबाहिर गएर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा खानले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको बताए ।
ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गएपनि कुनै विकास नभएको र जनताको जीवनस्तर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ थियो । ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु । घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ उनले भने ।
जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताए ।
‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार