राजकुमार गुप्ताले जसपाकै नेता कार्यकर्ता एमालेमा भित्र्याए
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २१:२६:३
२८ कात्तिक, पर्सा । पर्सा क्षेत्र नं. ३ मा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार राजकुमार गुप्ताको छलछामका कारण चुनावी तालमेल संकटमा परेको छ । राजकुमार गुप्ता दुवै दलको साझा उम्मेदवार भए पनि चुनावी सहयात्रामा रहेकै दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् ।
उनले जसपाका पोखरिया नगर अध्यक्ष गोवर्धन यादवसहितलाई पार्टी प्रवेश गराएका हुन् । राजकुमारले आफ्नो फेसबुक पेजामा यादवसहितका सयौंजना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पोस्ट राखेका छन् ।
चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीको ग्राफ उकालो लाग्न थालेपछि अत्तालिएका राजकुमारले चुनावमा आफैंलाई सहयोग गरिरहेको दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउनुलाई तालमेलप्रति गद्दारीको रुपमा जसपाका नेता कार्यकर्ताले लिएका छन् ।
राजकुमारको यो हर्कतलाई जसपा नेता र कार्यकर्ताले जसपाको अपमान भनेका छन् । यी दुई दलबीत चुनावी तालमेलको निर्णय भएदेखि नै जसपालाई अपमान गर्ने शैलीमा प्रस्तुत भएका राजकुमार गुप्ताले प्रदेशसभामा विपक्षी दलका उम्मेदवारलाई सघाउने शर्तमा आफ्नो जीत बलियो बनाउन तालमेललाई धोका दिने गोप्य समझदारी गरेको समाचार आएको थियो ।
जसरी पनि जीत हात पार्ने एकल ध्याउन्नमा रहेका गुप्ता आफ्नो पक्ष बलियो पार्न तालमेलप्रति धोकाधडी र जस्तोसुकै अनैतिक सम्झौता गर्न पनि तयार देखिएको एमाले पर्साका एक प्रभावशाली नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार