सर्वोच्चद्वारा प्रचण्डविरुद्धको रिट दरपीठको कारण माग
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २३:६:४८
२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो ।
कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।
१ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
तर, २४ कात्तिमा सर्वोच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरुले पुनः दरपीठको कारण माग गर्दै अर्को निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वोच्चले कारण मागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार