स्मार्टफोन बजारमा उच्च रिजोल्युसनका क्यामेरा र विशाल ब्याट्रीका साथ भिभो उत्कृष्ट
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ मंगलबार १:४३:३४
२८ कात्तिक, काठमाडौं । सामान्यतया प्रयोगकर्ताहरुले स्मार्टफोनमा विभिन्न उत्कृष्ट विशेषताहरू र सुविधाहरू साथसाथै उचित मुल्य प्रदान गर्ने फोनहरु खोज्छन् । त्यसकारण, स्मार्टफोन निर्माताहरूले यस्ता उत्पादनहरु निर्माण गर्छन जसले प्रयोगकर्ताहरुको आवश्यकतालाई पूरा गर्दछ । अब उपभोक्ताहरूले सुलभ मुल्यमा सबै विशेषताहरु र क्षमताहरु समावेश भएका फोनहरु किन्न सक्छन् ।
निर्माताहरुले “कम मुल्यमा धेरै” भन्ने मार्केटिङ टेकनिकहरु प्रयोग गर्दै आइरहेका छन् । त्यस्तै प्रयोगकर्ताहरुले सधैं स्मार्टफोनहरू केहि नयाँ खोजिरहेका हुन्छन् जसले उच्च–रिजोल्युसन क्यामेराहरू, नयाँ डिजाइनहरू, र लामो समयसम्म प्रयोगको लागि विशाल ब्याट्री प्रदान गर्दछ । भिभो, एक प्रसिद्ध विश्वव्यापी स्मार्टफोन ब्रान्डले स्मार्टफोन बजारमा “कम मुल्यमा धेरै” भन्ने रणनीतिमा सफलतापूर्वक कार्यान्वयन गर्दै आइरहेको छ । भिभोले सुलभ मुल्यका विकल्पहरूद्वारा बजारमा आफ्नो पकड बनाएको छ । प्रयोगकर्ताहरूले किन्ने हरेक नयाँ उत्पादनहरुमा भिभोले यी कुरामा विशेष ख्याल राख्दै आएको छ ।
भिभोका अनुसार, नवीनता यस ब्रान्डको आधार हो । भिभोका लागि, इनोभेसन भनेको बजारमा सुलभ मूल्यमा अत्याधुनिक विशेषताहरु र नयाँ प्रविधिहरू प्रदान गर्नु हो । भिभोले आफ्नो स्मार्टफोनमा ल्याउने हरेक नयाँ सुविधा छिटो नै मापदण्ड बन्ने गरेको छ । वाई र भी सिरिजका धेरै स्मार्टफोनहरुमा कम्पनीले प्राय डिजाइन र विशेषताहरूमा नवीनता प्रदर्शन गर्दछ ।
सुलभ वाई सिरिज
भिभोले वाई सिरिजका स्मार्टफोनहरू विशेष गरी युवाहरूको स्मार्टफोनको चाहना र मागलाई ध्यानमा राखेर डिजाइन गरेको छ । युवा प्रयोगकर्ताहरूको सुझावको आधारमा, यस श्रृंखलाका प्रत्येक स्मार्टफोनहरू सिर्जना गर्नुका साथै सुधार गरिएको छ । वाई५५, वाई१६, वाई१५सी, वाई०१, र वाई३३एस लगायतका स्मार्टफोनहरूले शक्तिशाली प्रदर्शन क्षमताहरू, अत्याधुनिक क्यामेराहरू, र दैनिक क्रियाकलापहरूमा प्रयोगकर्ताहरूलाई समर्थन गर्न सक्ने विशाल ब्याट्री प्रदान गर्दछ ।
यस शृङ्खलाका उपकरणहरूमा शक्तिशाली प्रोसेसर, लामो समय टिक्ने ५००० एमएएच ब्याट्री, सुन्दर तस्बिरहरूका लागि उच्च गुणस्तरको क्यामेरा र विभिन्न मूल्य दायराहरूमा विभिन्न सुविधाहरू छन् । यी स्मार्टफोनहरू आधुनिक र प्राविधिक रूपमा उन्नत भावनाको साथ विकसित गरिएका छन् । सक्रिय, सफल जीवन बिताउने र निरन्तर यात्रामा रहनेहरूका लागि वाई सिरिज आदर्श साथी हो ।
प्रिमियम भी सिरिज
भी सिरिजले आफ्नो उत्कृष्ट क्यामेरा र अत्याधुनिक डिजाइन टेक्नोलोजीको साथ अन्य स्मार्टफोनहरूको लागि मापदण्ड बढाएको छ । साथै, यस सिरिजका स्मार्टफोनहरूमा अत्याधुनिक अपरेटिङ सिस्टमहरू, ठूलो मेमोरी क्षमताहरू, र शक्तिशाली कम्प्युटिङ क्षमताहरू समावेश छन् । भी-२३ फाइभजी र भी२५ सिरिजमा उद्योगको अग्रणी रंग–परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइन छ जसले प्रयोगकर्ताहरुलाई कुनै पनि परिस्थितिमा तयार र ट्रेन्डी राख्न मद्दत गर्दछ । भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ ।
यसमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडीमा तस्बिरहरू र भिडियोहरू खिच्न सक्छ । भी२१, भी२१ई, भी२३, भी२५ई र भी२५ यस सिरिजमा युवाहरूले मन पराउने स्मार्टफोनहरूमध्येका एक हुन् । वाइड–एंगल क्यामेराहरू, म्याक्रो क्यामेराहरू, र आई अटोफोकसहरू यी सबै उपकरणमा उपलब्ध हुने सुविधाहरूमध्ये हुन् । यो सिरिजले ग्राहकहरूलाई स्टाइलिश फोटोहरू खिच्न र व्यक्तिगत स्टाइलसँग मिलाएर अप्डेटेड रहन सक्षम बनाउँछ ।
यसको उल्लेखनीय र अतुलनीय कार्यसम्पादनका कारण, भिभोलाई जीवनस्तर वृद्धि र सरल बनाउने प्रविधि सिर्जना गर्ने विशेषज्ञको रूपमा लिइन्छ । तसर्थ, धेरै विकल्पहरूको दायरामा यहाँ सबैको जीवनशैलीमा फिट हुने उपकरणहरु छन् । भिभोले सबै प्रकारका प्रयोगकर्ताहरुलाई समेटेर उनीहरुको अनुभवलाई वृद्धि गर्न अत्याधुनिक प्रविधि विकास गर्न जारी राख्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार