चुनावमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १७:४०:१
२९ कात्तिक, काठमाडौं । सरकारले आगामी मंसिर २ देखि ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाएकाे हाे ।
गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मंसिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसिर २ देखि ५ गतेसम्म विदा दिइएको छ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो ।यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मंसिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।
कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि मतदानका दिन आन्तरिक उडानतर्फ नियमित उडान नहुने जनाएको छ । सो कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फका नियमित उडान हुनेछैन । यद्यपि चार्टर उडान भने हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार