खुला दिसामुक्त क्षेत्र घोषणा दशक बित्दा पनि शौचालय बनेन
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १७:४८:३
२९ कात्तिक, लमजुङ । ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका-२ मा रहेको पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शौचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् ।
लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनार गाउँमा विना शौचालय खुला दिसामुक्त क्षेत्र घोषणा गरियो भने अन्यत्र दुर्गम गाउँका सबै घरमा शौचालय छन् भन्ने कुरामा विश्वस्त हुन नसकिने बनाएको छ । ०६७/६८ सालतिर खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा नरुवाल पाखाथोक क्षेत्रका पहुँच पुग्नेको घरमा शौचालय बनेको तर दलित बस्तीका सबै घरमा शौचालय नबन्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जीवन सुनारले बताए ।
हाम्रो गाउँका सोमबहादुर सुनार, रामचन्द्र सुनार, शंकर सुनार, कृष्ण सुनार, दिपक सुनार लगायत सात घरमा शौचालय छैन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेलामा ट्वाइलेट नै नबनाइकन घोषणा गरिएको सुनारगाउँका विश्व सुनारले बताए । अहिले खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले गर्दा बनाउन भ्याइएन केही समयभित्र बनाइन्छ भनी आवश्वासन दिइएको थियो तर अहिलेसम्म हाम्रो घरमा शौचालय बनाउन कोही नआएको भन्दै दीपक सुनारले दुखेसो पोखे ।
‘एक दशक अगाडि नै खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा सबैको घरमा शौचालय बनिसक्नुपर्ने थियो । कामको चापाचापले त्यो बेला नभ्याएको हो भने त्यो वर्षभित्र बनाइसक्नुपर्ने थियो । तर अरु सबैले पाएको सुविधासमेत हामी दलितले पाएनौं । सँगै जोडिएको मगर पात्ले होमस्टे गाउँ बनेर झिलिमिली भएको छ तर हामीलाई दलित भनेर होला घरमा ट्वाइलेट समेत छैनन्,’ दीपक सुनारले भने ।
बेसीसहर नगरपालिका-२ का तत्कालीन अध्यक्ष गणेश कँडेलको पहलमा हालसालै यही रहेको श्रीजङ गण नेपाली सेनाले सोमबहादुर सुनारको घर बनाइदियो र शौचालयको खाल्टो खनिदिएको छ । तर शौचालयको बाँकी काम सबै अधुरो रहेको छ ।
‘एक दशक अगाडि नै खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा सबैको घरमा शौचालय बनिसक्नुपर्ने थियो । कामको चापाचापले त्यो बेला नभ्याएको हो भने त्यो वर्षभित्र बनाइसक्नुपर्ने थियो । तर अरु सबैले पाएको सुविधासमेत हामी दलितले पाएनौं । हामीसँगै जोडिएको मगर पात्ले होमस्टे गाउँ बनेर झिलिमिली भएको छ तर हामीलाई दलित भनेर होला सबैका घरमा ट्वाइलेट समेत छैनन्,’ दीपक सुनारले भने ।
यति मात्रै होइन हाम्रो गाउँ छिर्ने मोटरबाटो खनेको मुखैमा ल्याएर व्याडमिन्टन कोट बनाइयो । अब व्याडमिन्टन जाली टाँगेपछि गाउँमा मोटरबाटो पूर्ण रूपमा बन्द हुन्छ । यो जानीबुझीकन हाम्रो गाउँलाई मोटरबाटोविहीन बनाउने काम गरिएको जीवनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार