नेपालका जेलमा २० राष्ट्रका १,२८९ कैदीबन्दी, ७९.४४ प्रतिशतभन्दा बढी भारतीय
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १७:५९:२२
२९ कात्तिक, काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको हो । विभागका अनुसार हाल नेपालमा २० देशका कैदीबन्दी रहेका छन् ।
भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् ।
विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ छ । अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ ।
भारतीयपछि नेपालमा रहेका विदेशी कैदैबन्दीमा दोस्रो ठूलो संख्या भुटानीको छ । नेपालको जेलमा हाल ३६ जना भुटानी कैदीबन्दी रहेका छन् ।
विभागका अनुसार नेपालका कारगारमा चिनियाँ ७ जना, पाकिस्तानी ६ जना, बोलिभियन १ जना, क्यानेडियन १ जना, बंगलादेशी ३ जना, दक्षिण अफ्रिकी १ जना, इरानी १ जना, जर्मन २ जना, डेनिस १ जना, तान्जानियाली १ जना, नाइजेरियन २ जना, पपुवा न्युगिनीयाली १ जना, फ्रेन्च १ जना, बेलायती २ जना, रोमानियली ४ जना, सेनेगली १ जना, सिंगापुरीयन १ जना र अष्ट्रियाली १ जना रहेका छन् ।
नेपालका जेलमा हाल स्वदेशी र विदेश गरी कुल कैदीबन्दीको संख्या २७ हजार १९५ जना रहेको छ । जेलमा रहेका कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार