नेपाली विद्यार्थीले अमेरिकालाई बुझाए ५० अर्ब रुपैयाँ
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १९:२:४३
३० कात्तिक, काठमाडौं । नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ । उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो ।
हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) बुझाएकाे देखाइएकाे छ ।
रिपोर्ट अनुसार उक्त वर्ष ११ हजार ७९९ जना नेपाली विद्यार्थी अमेरिकाका विभिन्न सहरमा अध्ययनरत थिए । ती विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन् ।
आर्थिक वर्ष २०२१/२२ मा कुल ९ लाख ४८ हजार ५१९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । शैक्षिक शुल्कवापत ती विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले उठाएको कुल रकमको १।२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीले बुझाएका थिए ।
अमेरिकामा गत वर्ष अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ५।६ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ ।
अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा क्रमश चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, साउदी अरेबिया, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन् ।
ओपन डोर्स रिपोर्ट-२०२१/२२ अनुसार आर्थिक वर्ष २०१२/१३ मा ८ हजार ९२०, २०१३/१४ मा ८ हजार १५५, २०१४/१५ मा ८ हजार १५८, २०१५/१६ मा ९ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३० र २०२०/२१ मा ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार