‘ऊ बेला नेता भैदिनु पर्यो भनेर आउँथे, अहिले नेता बन्न लडाइँ हुन्छ’
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १९:३५:२१
३० कात्तिक बैतडी । डिलाशैनी गाउँपालिका-६ का गोविन्दनाथ योगी अहिले ७९ वर्ष पुुगे । २००१ सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । योगीलाई प्रधानपञ्चदेखि वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । योगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए ।
सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध उनी ०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध उत्रिएका थिए । त्यसयता उनी चुनाव लडेका छैनन् । ‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा पाँच लाख आउँथ्यो भने गाउँपञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो । उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो’ योगीले भने ।
उनी विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । साथै खाद्यन्न संकटका वेला अमेरिकी मकै वितरण गरेको उनलाई याद छ । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफूलाई सुरक्षाको चुनौती रहेको बताएको उनी सुनाउँछन् ।
योगी अहिले भने एमालेलाई साथ दिँदै आएका छन् । सदस्यता कुनै पार्टीको नभए पनि एमालेलाई भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउँछन् ।
उतिबेला नेता भैदिनु पर्यो भन्दै गाउँलेहरु एक जनालाई अगाडी बढाउँथे, अहिले नेता बन्न लडाई हुने गरेको उनी बताउँछन् । जसको घरमा बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जनभन्दा बढी पटक चुनाव लडे पनि अब भने चुनाव लड्ने रहर छैन् ।
योगी नौ छोरी र दुई छोराका बाबु हुन् । उनकी एक छोरीले माओवादी द्धन्द्धमा सामेल हुँदा ज्यान गुमाइन् । उनलाई अहिलेका नेताहरूमा इमान्दारिता घटेको महसुस हुन्छ । नयाँ राजनितिकर्मीलाई बोलेका वाचा पुरा गर्न र पुरा नहुने आश्वासन नदिन उनको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार