शेयरबजार दोहोरो अंकले वृद्धि, १ अर्ब ७१ करोड ५४ लाख बढीको कारोबार
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २१:४८:३९
१ मंसिर, काठमाडौं । शेयरबजार दोहोरो अंकले वृद्धि भएको छ । बिहिबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । शेयरबजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि शेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।
४३ लाख ८४ हजार बराबर कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।
सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।
सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार