पोखरेली दाजुभाई र दिदीबहिनीहरुको अपार माया र सद्धावभले मैले चुनाव जित्छु : बराल
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २१:५८:३४
१ मंसिर, पोखरा । नेकपा ‘एकीकृत समाजवादी’ ले कास्की क्षेत्र नं २ का उम्मेद्वार हुन् श्रीनाथ बराल । पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका बराल गठवन्धनका तर्फबाट साझा उम्मेद्वार हुन् । श्रीनाथ एमाले कास्कीका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य थिए ।
उनले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कास्की २ बाट नेकपा ‘एमाले’ का नेता रवीन्द्र अधिकारीलाई बिजयी गराउनमा ठूलो हात छ । उनलाई रवीन्द्रका सिनियर पनि भनियो । दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे। तर अहिले श्रीनाथ नेकपा ‘एकीकृत समाजवादी’ बाट निर्वाचन लड्दैछन् ।
उनको प्रतिस्पर्धा विद्या भट्टराईसँग हुँदैछ । सधैँ एमाले उम्मेदवार जिताउन लागि परेका श्रीनाथ अहिले ५ दलीय गठबन्धनका तर्फबाट एमालेलाई हराउन आफैं उठेका छन्। माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा ‘एकीकृत समाजवादी’ यतिबेला विद्याको विपक्षमा हुँदा आफ्नो जित सहज भएको दाबी गर्छन् श्रीनाथ । रवीन्द्रले लगातार २ पटक र बामगठबन्धनका कारण पछिल्लो पटक उपनिर्वाचनमा विद्याले बाम गठबन्धनबाट नै चुनाव जितेको कास्की २ को विरासत जोगाउन यतिबेला एमालेलाई हम्मे पर्ने देखिन्छ। जसको छनक वैशाख ३० को स्थानीय निर्वाचनले पनि दिएको छ।
पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ रहेको उक्त क्षेत्रका ६ वटा वडामा कांग्रेस र ५ वटा वडाका वडाध्यक्ष एमाले उम्मेदवारले जितेका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत पाएका छन् भने एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए।
यस्तै, एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए। अहिले ५ दलीय गठबन्धनमा आवद्ध दलहरूले उक्त क्षेत्रका वडाध्यक्षमा पाएको मत जोड्दा विद्या करिब २ हजारले पछाडि छन्।
एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथले वैशाख ३० मा गठबन्धनका वडाध्यक्षले पाएका मत मात्र जोगाउन सके पनि करिब ५ हजार मतान्तरले जित्ने दाबी श्रीनाथको छ । उनी भन्छन् एमालेभित्र अन्तर्घात भएकाले गठबन्धनका पक्षमा धेरै मत खस्छ र मैले र्निाचन जित्छु । श्रीनाथ भन्छन् माओवादी र एकीकृत समाजवादीसहित कांग्रेसलगायत दल पनि आफ्नो पक्षमा रहेकाले चुनाव जित्न मलाई गाह्रो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार