कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा
नेपालबहस संवाददाता
मंसिर ३, २०७९ शनिबार १६:२१:१३
३ मंसिर, पोखरा । कास्कीमा मतदान अघि नै मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । आइतबार हुने मतदानपछि ६ घण्टामा जिल्लाका सबै मतपेटिका संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार अहिले सबै क्षेत्रको मतगणना स्थल तयारी अवस्थामा छ ।
कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीहरु आवश्यक सामग्री सहित तयारी हालतमा छन् । जिल्लाको मतदाना सम्पन्न गर्न २ हजार ७ सय ५२ कर्मचारी खटाइएको छ । शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत सबै सामग्री पु९याइएको छ ।
मतदानपछि कास्कीको मतगणना ३ ठाउँबाट हुने छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति ९जिसस० हलमा मतगणना हुँदैछ ।निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।
कास्कीमा ९ सांसदका लागि प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । अघिल्ला निर्वाचनहरुमा ७० प्रतिशत हाराहारीमा मत खसेको थियो । अहिलेको मतगणना समानुपातिक सहित ७ दिनभित्र सकिने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार