बर्दियाको १ मतदान केन्द्रमा बम विस्फोट : मतदाताहरुकाे भागाभाग, मतदान प्रकृया स्थगित
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १६:५६:३६
♦ दीपक शर्मा
४ मंसिर, बर्दिया । बर्दियाको एउटा मतदान केन्द्रमा मतदान प्रकृया रोकिएको छ । बर्दियाको सदरमुकाम गुलरिया देखि ५ किलो मिटर पश्चिम तर्फ रहेको श्री शम्भुशरण माविको विहान मतदान प्रकृया सुरु भएको १ घन्टा भित्र मतदान रोकिएको छ
विहान करिब ९ वजेतिर मतदान भैरहेको स्थानमा टिनको छतमा भएको बम विस्फोट हुदा मतदाताहरु भागाभाग भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्रबहादुर शाहिका अनुसार मतदान भैरहेका बेला बाहिर बाट फालिएको वस्तु टिनको छतमा खसेपछि पटकिएको थियो ।
उनले भने अहिले सर्वदलिय वैठक वसीरहेको र मतदान स्थल चारैतिर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । मतदान स्थल वरी परी थप बम भएको हुन सक्ने भन्दै खोजतलास पनि जारी रहेको छ । मतदान कार्य रोकिएको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।
यसै बिच बर्दियाको राजापुर नगरपालिका ८ धोविनपुर स्थित भेरी मावि ललितापुरु केन्द्र देखि १ सय मिटर पुर्व तर्फ एउटा प्रेसर कुकर बम फेला परेको छ । सो प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार