कास्कीमा ४२ प्रतिशत मत खस्यो, स्थगन भएका केन्द्रमा मतदान सुचारू
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १९:५८:२५
४ मंसिर, पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।
कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो १ बजे सम्म ४२ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।
कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः शुरु भएको छ । एक मतदाताले मतपेटिका फुटाएपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि फेरि शुरु भएको हो ।
नेकपा (बहुमत)का कार्यकर्ता टुकबहादुर परियारले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार