मतदान गरेर घर फर्किरहेका दुई जनामाथि निर्घात कुटपिट
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २१:४९:४५
४ मंसिर, काठमाडौं । रामेछाप नगरपालिकामा भोट हालेर घर फर्किरहेका दुई जनामाथि निर्घात कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किँ दै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथिरामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने स्थानमा २ युवकमाथि निर्घात कुटपिट भएको हो ।
उनीहरूलाई सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको घाइतेहरूले बताएका छन् । समूहले ढुंगा र लाठीले हिर्काएकाे बताएका छन् ।
घाइतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए । दुवै जनाको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । घटनामा संलग्नताको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार