दोलखामा २७ राउन्ड फायर, विवाद मिलाउने प्रयास जारी
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २२:५:३८
४ मंसिर, काठमाडौं । मतदानका क्रममा भएको झडप र विवादका कारण दोलखाका विभिन्न मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । झडपबाट उत्पन्न परिस्थितिलाई नियन्त्रणमा मतदान केन्दमा तैनाथ सुरक्षाकर्मीले पछिल्लो विवरणसम्ममा २७ राउण्ड हवाई फायर गरेका छन् ।
गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन । बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ मा पनि तनाव सिर्जना भएको मतदान क्रम रोकिएको छ ।
कालिञ्चोक गाउँपालिकाको ७ र १ तथा जिरी नगरपालिका–९ मा मा प्रहरीले हवाई फायर गरेको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएकोे छ । झडपमा १५ राउन्ड गोली चलाइएको छ ।
कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीचमा झडप भएको छ । झडपमा नेपाल प्रहरीका असई घाइते भएका छन् .
झडपपिछ एक समूहले मतपेटिका फुटाउन खोजेपछि प्रहरीले गोली चलाएको थियो । विवाद मिलाउन पहल भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार