आमनिर्वाचन ०७९ः मनाङमा खस्यो ७३ प्रतिशत मत
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ सोमबार ०:३७:७
४ मंसिर, लमजुङ । हिमालपारिको जिल्ला मनाङमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ७३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।
जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् । मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । दुईमध्ये एउटा प्रदेशसभामा राजीव गुरुङ निर्विरोध निर्वाचन भइसकेका छन् । घोषणा हुन भने बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार